जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५८ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ६0 मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • सांसद भण्डारीको शल्यक्रिया आज, मुटुको चाल सामान्य

सांसद भण्डारीको शल्यक्रिया आज, मुटुको चाल सामान्य

काठमाडौँ— खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ । उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ।

अस्पतालका डा सुनिल केस्वानीले दिएको जानकारी अनुसार शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको छ । उहाँका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।

भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । हिजो श्री एअरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टीलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । कीर्तिपुर अस्पतालले भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको जनाएको छ ।

ग्यास लिक भएपछिको आगलागीमा घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा हिजो निधन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्