जोडिनुहोस

हालको खबर

Casinos Online Confiáveis 2025 Gamblermaster Portugal
  • ४ मिनेटutes अगाडि
Jogos Online & Apostas 2025
  • ५ मिनेटutes अगाडि
Paypal Casino Metodo criancice Cação abicar Casino Online
  • ५ मिनेटutes अगाडि
Angâstia Promoções aquele Códigos em Portugal
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • गौतमबुद्ध विमानस्थलमा उडान संख्या बढाउन पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग

गौतमबुद्ध विमानस्थलमा उडान संख्या बढाउन पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन यस विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग निजी वायुसेवा कम्पनीहरुले गरेका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउने सम्बन्धमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका वायुसेवा कम्पनीले वायुसेवा कम्पनीसँगै पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग गरेका हुन् ।

सोमबार मुख्य सचिव बैकुण्ठ अर्यालको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराती र राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपाल वायु सेवा निगम, निजी वायु सेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, पर्यटन व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपाल नागरिक उडडयन प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेका छन् ।

विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि मन्त्रालयले आवश्यक नीतिगत कामलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ । सो अवसरमा भैरहवा विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले विमानस्थलको अवस्थाबारे जानकारी गराएका थिए ।

निजी विमान सञ्चालकले नयाँ विमानस्थलमा जहाज सञ्चालक र पर्यटकलाई समेत सहुलियत दिनुपर्ने बताएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघियतापछि पनि भैरहवा विमानस्थल पूर्ण रुपमा संचालन हुन नसक्नु केन्द्रीकृत मानसिकताको उपज भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्