जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ४ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ८ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३१ मिनेटutes अगाडि
  • होमपेज
  • बंगलादेशमा कम्तीमा १४ हिन्दू मन्दिरमा तोडफोड

बंगलादेशमा कम्तीमा १४ हिन्दू मन्दिरमा तोडफोड

ढाका–अज्ञात व्यक्तिहरूको समूहले फ्रेब्रुअरी ५ मा बंगलादेशको बालियाडांगी उपजिल्लामा १४ वटा मन्दिरमा हिन्दू देवीका मूर्तिहरू तोडफोड गरेको ढाका ट्रिब्यूनले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

घटनास्थलमा पुगेका उपायुक्त महबुबुर रहमान, प्रहरी उपरीक्षक मोहम्मद जहाँगिर हुसेन, हिन्दू बौद्ध क्रिश्चियन ओक्य परिषद् ठाकुरगाउँका जिल्ला महासचिव प्रविरकुमार गुप्ताले धन्तला युनियनको सिन्दुरपिण्डी क्षेत्रमा नौ, परिया युनियनको कलेजपारा क्षेत्रमा चारवटा मूर्ति तोडफोड जानकारी दिए । चारोल युनियनको साहबाजपुर नाथपारा क्षेत्रमा रहेको मन्दिरमा रहेका १४ वटा मूर्ति तोडफोड गरिएको छ ।

यस घटनाबारे ठाकुरगाउँका प्रहरी उपरीक्षक मोहम्मद जहाँगीर हुसेनले भने, “हामी घटनामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेका छौं। छानबिनपछि सत्यतथ्य खुल्छ ।” यसैबीच उपजिल्ला पूजा उत्सव परिषद्का महासचिव विद्यानाथ बर्मनले तोडफोडबाट मूर्तिको हात, खुट्टा र टाउको भाँचिएको बताए । कतिपय मूर्तिहरू भाँचिएर पोखरीमा फालिएका छन् ।

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई पक्राउ गर्न प्रशासनलाई आग्रह समेत गरेका छन् । सिन्दुरपिंडी क्षेत्रका बासिन्दा काशिनाथ सिंहले भने, “हामी आतंकित अवस्थामा छौं। यस घटनामा संलग्नहरूलाई चाँडो पक्राउ गर्नुपर्छ,’ ढाका ट्रिब्युनले जनाएको छ।

-एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्