जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५0 मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५१ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५५ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५९ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • यूएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरू स्वदेश फर्किए

यूएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरू स्वदेश फर्किए

काठमाडौँ । यूएईमा समस्यामा परेका १४ जना नेपाली श्रमिकको उद्धार गरी नेपाल फर्काइएको छ । दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) को पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको संघका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

यूएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । त्यसरी अलपत्र परेकाहरुलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो ।

अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्