जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ३ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ३ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ८ मिनेटutes अगाडि
  • होमपेज
  • उपनिर्वाचनमा मतदान गर्नेहरूलाई मोबाइल लैजान प्रतिबन्ध

उपनिर्वाचनमा मतदान गर्नेहरूलाई मोबाइल लैजान प्रतिबन्ध

काठमाडौं– निर्वाचन आयोगले आगामी १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरूलाई मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

आज सो निर्वाचन प्रयोजनका लागि १० बुँदे निर्देशन जारी गर्दै आयोगले क्यामरा, मोबाइललगायत लैजान निषेध गरेको हो । 

मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निशेध गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।

यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिवद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने गराउन पनि निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्