जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ

बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ

बैतडी : बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका ७० वर्षीय वृद्ध रहेका छन्।

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकोले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय,पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।

गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित बृद्धले घटनाबारे कसैलाई  भनेपछि ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरि घटना बाहिरिएको हो।

पीडित बालिकाकी आमाले बृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ।

उनीमाथि जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भएर १० दिनको म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ। बालिका सेभ हाउसमा रहेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्