जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • निरा पाण्डे हत्यामा संलग्न एक पक्राउ, आजै सार्वजनिक गरिने

निरा पाण्डे हत्यामा संलग्न एक पक्राउ, आजै सार्वजनिक गरिने

काठमाडौं— कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

गएराति झापाबाट विनोद विकलाई पक्राउ गरिएको सो हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिइन्।

थप विवरण आजै सार्वजनिक गरिने उनले भनाइ छ। गत वैशाख ७ गते दिनदहाडै पसलमा नै बसिरहेका बेला छुरा प्रहार गरी पाण्डेको हत्या भएको थियो।

प्रहरी घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए।

आरोपी पक्राउ पर्न नसकेको भन्दै आफन्त, व्यवसायी र स्थानीयहरुले प्रशासनविरुद्ध आन्दोलन गरिरहेका थिए।

घटना भएको धेरै दिनसम्म पनि आरोपीलाई प्रक्राउ गर्न नसकेकोले एआइजी किरण बज्राचार्यको संयोजकत्वमा उच्च स्तरको अनुसन्धान समिति गठन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्