जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • जापानमा धावनमार्गमा दुई विमान ठोक्किएर भीषण आगलागी

जापानमा धावनमार्गमा दुई विमान ठोक्किएर भीषण आगलागी

टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ। जापानी समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ।

जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई धावनमार्गमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुन सक्ने बताएको छ। विमानमा यात्रु पनि सवार थिए।

केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। फुटेजमा देखिएअनुसार धावनमार्गमा रहेको एक विमानसँग ठोक्किएर अर्को विमान अगाडि बढ्छ। यसक्रममा दुवै विमानमा ठूलो आगो लाग्छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्छ।

रोयटर्सले कोस्ट गार्डलाई उद्धृत उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका बताएको छ।

जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन(चितोसे विमानस्थलबाट उडेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्