जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिइयो कञ्चनपुरको नरभक्षी बाघ

चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिइयो कञ्चनपुरको नरभक्षी बाघ

काठमाडौं । कञ्चनपुरमा एक जनाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्ज र नेपाली सेनाको टोलीले शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार दोधाराचाँदनकी हिराकुमारी शाहीलाई धान गोड्न गएका बेला नजिकैको उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । अर्का एक जनालाई घाइते बनाएको थियो ।

बिहीबारदेखि नै हात्ती परिचालन गरेर बाघको खोजी थालिएको थियो । बाघलाई शुक्रबार उखुबारीबाटै नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिन शुक्लाफाटा राष्ट्रिय निकुञ्जका चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । बाघलाई निकुञ्जका चिकित्सकले डार्ट गन प्रहार गरेर बेहोस पारेर नियन्त्रणमा लिएको हो ।