जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ४ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ८ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३१ मिनेटutes अगाडि
  • होमपेज
  • सेप्टेम्बरमा ९६ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, भारतीयको सङ्ख्या झन्डै २० प्रतिशतले घट्यो

सेप्टेम्बरमा ९६ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, भारतीयको सङ्ख्या झन्डै २० प्रतिशतले घट्यो

यस वर्षको सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ को भन्दा पाँच दशमलव ८२ प्रतिशत र कोभिड–१९ महामारी शुरू हुनुअघि अर्थात् सन् २०१९ को भन्दा चार प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए ।

यस वर्षको सेप्टेम्बरमा समग्रमा पर्यटक आगमन बढे पनि भारतीय पर्यटकको सङ्ख्या भने झन्डै २० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक आएकामा यो वर्ष २२ हजार ९ सय ८४ जना मात्रै आएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ

नेपालमा यस वर्ष भएको प्राकृतिक विपत्ति र सडक दुर्घटनामा भारतीय नागरिकसमेत प्रभावित भएकाले यसको असर पर्यटक आगमनमा देखिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

सन् २०२४ को नौ महिनामा पर्यटक आगमन आठ लाख नाघेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ६ सय ३९ जना पर्यटक नेपाल आएका छन् ।