जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकियो, झन्डै २ हजार जना पुरिएकामा ९ जनाको मात्रै शव फेला

पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकियो, झन्डै २ हजार जना पुरिएकामा ९ जनाको मात्रै शव फेला

पपुवा न्यु गिनी पीएनजीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले उद्धार कार्य रोकेको छ । थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको सेनाका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सेनाले पहिरोस्थललाई अर्को सूचना प्रकाशन नभएसम्म सबैका लागि प्रवेश निषेध क्षेत्र घोषणा गरेको छ । पपुवा न्यु गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम बस्तीलाई विस्थापित गरेको ६ सय मिटर लामो पहिरो स्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ । तर अहिलेसम्म नौ जनाको मात्रै शव भेटिएको छ । जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित ठाउँमा सारिएको र धेरैले नजिकैको आश्रयस्थलमा शरण लिएको सेनाले जनाएको छ ।