जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन्। अमेरिकामा आज हुने राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन्।

स्थानीय समयअनुसार मङ्गलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदै छ।

त्यहाँको सङ्घीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन्। निर्वाचन पर्यवेक्षण सकेर कात्तिक २४ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।

प्रमुख आयुक्त थपलिया स्वदेश फर्किएपछि मंसिर १६ लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि केही महत्त्वपूर्ण निर्णयहरू हुने उल्लेख गरे।

आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको छ।