जोडिनुहोस

देश

डुबेर दुई जनाको मृत्यु

डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका(१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही महानगरपालिका(५ मालेपाटन बस्ने १४ वर्षीय सोनाम सुवेदीको आइतबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सोनाम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यसैगरी, पोखरा महानगरपालिका(१७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर सोही महानगरपालिका(९ पृथ्वीचोक बस्ने १६ वर्षीय सुप्रिम पौडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सुप्रिम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्