जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो

दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो

काठमाडौं– यस वर्ष दशैँमा राजधानी छाड्नेको सङ्ख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैँका लागि काठमाडौँ छाडेका छन् । पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष यही अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

काठमाडौं जोड्ने अधिकांश राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस वर्ष दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, बीपी राजमार्ग सञ्चालन हुन सकेका छैनन् ।