जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४२ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • कोरला नाकामा एकीकृत भवन निर्माण

कोरला नाकामा एकीकृत भवन निर्माण

गलेश्वर– गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ ।

गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजारको लागतमा एकीकृत भवन निर्माण गरिएको हो । सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि-फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव-इञ्जिनीयर कमल पहारीले जानकारी दिए ।

कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।