जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी

प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँबानेश्वरमा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नाराबाजीमा उत्रिएको छ ।

कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै सहकारी ठगलाई कारबाही गरसहितका नाराबाजी गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ । अहिले अर्थमन्त्री वर्षमान पुन नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि राजस्व र व्यय पेस गर्नुअघि आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
त्यसपछि सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।