जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन २०८२ बैशाख १७ र १८ गते काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। दुई दिने महाधिवेशनले श्री रामहरि घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ।

नव निर्वाचित केन्द्रीय समितिमा उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिवमा कृष्ण प्रसाद खराल, सचिवमा बाशु रिजाल र मीनराज शर्मा, कोषाध्यक्षमा रमेश खतिवडा तथा सह(कोषाध्यक्षमा रेवती राई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बिक, सुमन राई, सुरज जप्रेल र अमिष शर्मा निर्वाचित भएका छन्।

महाधिवेशनको उद्घाटन समारोह नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिना प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्।

महाधिवेशनको बन्द सत्र बैशाख १८ गते बैंकको थापाथलीस्थित कार्यालय हलमा सम्पन्न गरिएको थियो। “वैचारिक स्पष्टता र सांगठनिक सुदृढता सहितको गतिशील ट्रेड युनियन, हाम्रो पहिचान। सबल, सक्षम र स्वायत्त केन्द्रीय बैंक निर्माण, हाम्रो अभियान।” भन्ने मूल नाराका साथ सम्पन्न महाधिवेशनमा देशभरका प्रतिनिधिहरू—पूर्वको विराटनगरदेखि पश्चिमको धनगढीसम्मका—सक्रिय सहभागिता रहेको थियो।

महाधिवेशनले संगठनको आगामी मार्गचित्र तय गर्नुका साथै कर्मचारी हकहित र संस्थागत सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गरेको छ।