जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सरकारी लेटर प्याडमा ‘श्री ५ महाराजधिराज’ लेखेका पर्यटन दूतलाई मन्त्रालयले हटायो

सरकारी लेटर प्याडमा ‘श्री ५ महाराजधिराज’ लेखेका पर्यटन दूतलाई मन्त्रालयले हटायो

काठमाडौं । सरकारी लेटरप्याडमा ‘श्री ५ महाराजधिराज’ लेखेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्बोधन गरिएको तथ्य सामने आएपछि, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पोर्चुगलका पर्यटन दूत रमेशराज बास्तोलालाई हटाएको छ।

मन्त्रालयले २४ घण्टे स्पष्टीकरण मागेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका बिनोद प्रकाश सिंहका अनुसार, बास्तोलाले बुझाएको स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि, ऐनको कार्यविधिको दफा ५ बमोजिम मन्त्री स्तरको निर्णयबाट उनलाई दूतको पदबाट हटाइएको हो।

बास्तोलालाई २०८० माघ १३ गते दुई वर्षका लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवर्द्धकका रूपमा नियुक्त गरिएको थियो। नियुक्तिपछि उहाँलाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ अनुसार लिखित स्पष्टीकरण मागिएको थियो। निजले पेस गरेको स्पष्टीकरण पर्याप्त नदेखिएपछि अन्तिम निर्णय सुनाइएको हो।

साथै, बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गरेका थिए। उहाँ पहिले नेकपा माओवादी केन्द्रका नेता हितवहादुर तामाङले पर्यटनमन्त्री हुँदा पर्यटन दूतमा नियुक्त भएका थिए।