जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • सिंहदरबारमा छलफल : अन्तरिम प्रधानमन्त्री कार्यालय कहाँ राख्ने ?

सिंहदरबारमा छलफल : अन्तरिम प्रधानमन्त्री कार्यालय कहाँ राख्ने ?

काठमाडौं। अन्तरिम सरकार गठनका तयारीसँगै सिंहदरबारभित्र नयाँ प्रधानमन्त्री कार्यालय कहाँ राख्ने भन्ने विषयमा सक्रिय छलफल भइरहेको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री चयनबारे वार्ता जारी रहँदा, मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सिंहदरबारका भवनहरूको निरीक्षण भइरहेको हो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडले सिंहदरबारका अधिकांश संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सचिवहरुको टोलीले विशेषगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालय बढी प्रभावित भएको बताएका छन्।

एक सचिवका अनुसार, तत्कालका लागि प्रधानमन्त्री कार्यालय राख्न नयाँ निर्माणाधीन गृह मन्त्रालयको भवन वा पुरानो सामान्य प्रशासन मन्त्रालयको भवन विकल्पका रूपमा विचार भइरहेको छ। तर अन्तिम टुंगो भने नयाँ प्रधानमन्त्री नियुक्त भएपछि मात्रै लाग्नेछ। सचिवहरुले जनाएअनुसार, सामान्य अवस्थामा यस्तो प्रस्ताव सहरी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुर्‍याइन्छ। तर अहिलेको असामान्य अवस्थालाई ध्यानमा राख्दै मुख्यसचिवले अन्तरिम निर्णय गर्ने र नयाँ मन्त्रिपरिषद् आएपछि प्रक्रियागत रूपमा अनुमोदन गर्ने तयारी छ।

निरीक्षणमा संलग्न अधिकारीहरुका अनुसार, सिंहदरबारभित्रका करिब ८० प्रतिशत संरचना र सामग्री ध्वस्त भएका छन्। संसद सचिवालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयजस्ता निकाय भने आंशिक क्षतिग्रस्त अवस्थामा छन्, जसलाई प्रयोग गर्न सकिने सम्भावना रहेको छ। शुक्रबारदेखि केही कर्मचारी सिंहदरबारमा उपस्थित भई क्षतिको आकलन र काम लाग्ने–नलाग्ने सामग्री छुट्याउने कार्य सुरु गरेका छन्।