
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा बृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका लामाले सिन्धुपाल्चोकको चौतारा नगरपालिका – ५ मा रहेको चौतारा बृद्धाश्रम सेवा समितिमा रहेका बृद्ध, बृद्धाहरुलाई विहीबार खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
लामाले आश्रममा रहेका १५ जना बृद्ध बृद्धा तथा कर्मचाहरुलाई खाना समेत खुवाएका थिए । उनले चौतारा बृद्धाश्रम सेवा समिति व्यवस्थापकलाई चामल, दाल, चिनी, विस्कुटलगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
पछिल्लो समय जन्मदिनको अवसरमा पार्टी प्यालेसमा गरिने फजुल खर्चलाई कटौती गरी मानवीय सेवा कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले यो कार्य गरेको बताए । नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा लागेका लामाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् ।