
ललितपुरको ग्वार्को ुओभरपासु यही असार ६ गते शुक्रवार उद्घाटन हुने भएको छ । सडक विभागका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने तय भएको छ ।
सडक विभागका प्रवक्ता एवम् उपमहानिर्देशक इन्जिनियर प्रभातकुमार झाले ओभरपासमा गाडी चलाउन योग्य भइसकेको जानकारी दिनुभयो । यद्यपि ट्राफिक बत्ती जडान, सातदोबाटोतर्फ जर्सी ब्यारियर राख्ने र सामान्य रङ्गरोगनको काम भइरहेको र ती काम असार ६ गतेअघि नै सम्पन्न हुने उहाँले बताउनुभयो ।
ओभरपास सञ्चालनमा आएपछि बालकुमारी–सातदोबाटो मार्ग हुँदै गुड्ने गाडीलाई ट्राफिक जाममा बस्नुपर्ने झन्झट हट्नेछ । सीधै ओभरपासबाट गाडी गुड्ने भएकाले ग्वार्को चोकमा हुने गाडीको चाप कम हुने विभागको अपेक्षा छ । तर सर्भिस लेनु र ग्वार्को चोक जोडिने ठाउँमा र ओभरपासमुनि गुड्ने गाडीलाई पनि केही समय जाममा बस्नुपर्ने भए पनि पहिलेको तुलनामा जाम कम हुने प्रवक्ता झाको भनाइ छ । यसले यात्रुहरूको समय बचतमा उल्लेखनीय योगदान पुग्ने उहाँले बताउनुभयो ।
सुरक्षाका हिसाबले ओभरपासमा क्रस–ब्यारियरु लाई लेन सेपरेटरु का रूपमा प्रयोग गरिएको छ भने गाडी ठोकिएमा त्यहीँ रोकिने गरी छेउमा विशेष कर्भ बनाइएको छ । सडकमा राति टल्किने बत्ती क्याट्स आई जडान हुँदैछ । ओभरपासमा सडक बत्ती जडानका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी विभागले दिएको छ ।
यो ओभरपास नेपालमै नौलो प्रविधिमा निर्माण गरिएको संरचना हो । सामान्यतया ओभरपास पिलर उठाएर निर्माण गरिन्छ तर ग्वार्को ओभरपास वाल भित्तो उठाएर निर्माण गरिएको हो । यो नेपालमा सडक संरचनाको विकासमा नयाँ प्रयोग हो ।
विभागले महालक्ष्मीस्थान र नख्खुचोक दोबाटोमा समेत अन्डरपासु र लेभलअप गर्ने योजना अघि बढाइएको छ । यदि आवश्यक बजेट विनियोजन भयो भने ती ठाउँमा पनि निर्माण कार्य थालिने सम्भावना रहेको विभागले जनाएको छ ।