जोडिनुहोस
  • होमपेज
  • आईपीएलमा अम्पायरले किन ब्याट जाँच गरिरहेका छन् ?

आईपीएलमा अम्पायरले किन ब्याट जाँच गरिरहेका छन् ?

इन्डियन प्रिमियर लिगका अम्पायरहरूले ब्याट जाँचमा कडाइ गरेका छन् । डिफल्टरको सङ्ख्या बढेपछि अम्पायरहरूले ब्याट जाँचमा कडाइ गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

गएको हप्ता आयोजित आईपीएल अम्पायरहरूको साप्ताहिक समीक्षा बैठकमा सबै ब्याटरले खेल शुरू गर्नुअघि ब्याटको गेज परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो । ओपनरहरूको ब्याट मैदानमा प्रवेश गर्नुअघि चौथो अम्पायरले परीक्षण गर्नेछन् भन्ने अन्य ब्याटरको ब्याट मैदानमा रहेका अम्पायरहरूले जाँच गर्नेछन् । यसअघि चौथो अम्पायरले ड्रेसिङ रुममा खेलाडीहरूको ब्याट परीक्षण गर्ने गर्थे ।

आईपीएलको यस सिजनमा डिफल्टरहरूको सङ्ख्यामा अचानक वृद्धि भएपछि प्रतियोगिताको बीचमा यो निर्णय भएको थियो । केही प्रतिद्वन्द्वी ब्याटरले तोकिएको आकारभन्दा ठूला ब्याट प्रयोग गरिरहेको भन्ने कुरामा पनि टोलीहरूमा व्यापक शङ्का रहेको खबरमा उल्लेख छ ।

मङ्गलवार मुल्लानपुरमा पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्सबीचको खेलमा सुनिल नरायन र एनरिच नोत्र्जेको ब्याट गेज परीक्षणमा असफल भएको पाइएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका