जोडिनुहोस

हालको खबर

Angâstia Promoções aquele Códigos em Portugal
  • ५ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ५ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ९ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य छैनः एनपी साउद

नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य छैनः एनपी साउद

काठमाडौं। नेपाली कांग्रेसका नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताएका हुन् ।

‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘पत्रकारका आवाजहरु बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’

नेता साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पपत्रकारको भएको पनि बताए । ‘जनताका मुद्दाहरूलाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेस हो । पत्रकारले आफ्नो दायित्वलाई बिर्सन हुँदैन,’ उनले भने, ‘पत्रकार र राजनीतिक दलहरुले पैसा लिएका हुँदैनन् । संयमता र विवेक अपनाउन जरुरी छ ।’

नेपाल प्रेस युनियन जिम्मेवार बनेर अन्य संगठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउदको भनाइ थियो । ‘सत्ता र सरकारलाई सीमा देखाउन सक्छ,’ उनले भने, ‘समाजलाई मर्यादित बनाउन प्रेस पनि मर्यादित र उत्तरदायी हुन आवश्यक छ ।’

नेता साउदले संसद्लाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए ।

‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौँ,’ उनले भने, ‘संसद्लाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन ।’