जोडिनुहोस
  • होमपेज
  • ‘कांग्रेस–एमालेको सरकारले जनतामा निराशा छायो, राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ’

‘कांग्रेस–एमालेको सरकारले जनतामा निराशा छायो, राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा गौतमले अहिलेको कांग्रेस–एमालेको सरकार, सरकार जस्तोगरि चल्न नसकेको र जनतामा निराशा छाएको भन्दै राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका हुन् । त्यस्तै उनले संसद पनि प्रभावकारी हुन नसकेको, न्यायपालिकाबाट पनि जनता निराशा देखिएकाले अहिलेका समस्यालाई समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए ।

अब राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्दै जनतामा आशा र भरोसा पैदा गर्न सके मुलुकलाई एक ठाउँमा पुराउन सकिने उनले बताए। उनले राष्ट्रिय सहमतिका लागि ढिलाई गरे मुलुकको व्यवस्थामा नै नकारात्मक असर पुग्ने जिकिर गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका