जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता जोगाउन महत्त्वपूर्ण अन्नपुर्ण गाउँपालिका अध्यक्ष केसी

घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता जोगाउन महत्त्वपूर्ण अन्नपुर्ण गाउँपालिका अध्यक्ष केसी

पोखरा, कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ।

महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरेका थिए। महोत्सव फागुन १० गतेसम्म चल्नेछ र यसका दौरान सांस्कृतिक तथा खेलकुदका विभिन्न गतिविधिहरू आयोजना गरिनेछन्।

अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन समारोहमा अन्नपूर्ण गाउँपालिकाको समृद्धिको मुख्य आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताउँदै ,पर्यटन हाम्रो गाउँपालिकाको समृद्धिको लागि विशेष महत्त्वपूर्ण छ। यसका लागि अधिकतम पर्यटकलाई आकर्षित गर्नु आवश्यक रहेको उनले बताए

अध्यक्ष केसीले थपे, घान्द्रुकको मौलिकता जोगाउनु पर्छ। यहाँका संरचनाहरूको विकास गर्दा हाम्रो परम्परा र विशेषतासँग मेल राख्ने तरिकामा काम गर्न आवश्यक छ उनले भने, घान्द्रुक पहिले जस्तो अर्गानिक गाउँ देखिन थालेको छ, र यो हाम्रो संस्कृति र आकर्षणको आधार हो यसलाई संरक्षित गरेर अझ राम्रो बनाउन पर्ने आवश्यकता छ।

अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकलाई पर्यटनको हबको रूपमा हेर्दै भने, घान्द्रुकबाट अन्नपूर्ण बेस क्याप, पुनहिल, घोडेपानी लगायतका प्रमुख पदमार्गहरू जडित छन्, जसले घान्द्रुकलाई एक प्रमुख पर्यटन गन्तव्य बनाउँछ।त्यस्तै  घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले महोत्सवको दौरान खुल्ला क्लबस्तरीय भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने जानकारी दिए। यस्ता प्रतियोगिताहरूमा पुरस्कार स्वरूप नगद र ट्रफी प्रदान गरिनेछ। साथै, घोडादौड र भेन्ट्रान्स भलिबल प्रतियोगितामा पनि आकर्षक पुरस्कार दिने व्यवस्था गरिएको छ। घान्द्रुकमा अहिले ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा छन्, जसले एकैदिन २,५०० पर्यटकलाई बास दिन सक्छ। महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटको सुविधा पनि दिइने आयोजकले जनाएको छ।