जोडिनुहोस
  • होमपेज
  • निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । निजामती सेवा विधेयक संसदमा छलफलमै अड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे तत्काल निर्णय नगर्न आग्रह गरेका छन्। बुधबार नेपाली कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्रीले केही समय पर्खन सुझाव दिएका हुन्।

विधेयकमा अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने र अवकाशपछि दुई वर्षसम्म कुनै संवैधानिक वा अन्य जिम्मेवारी नदिने प्रावधानलाई लिएर प्रधानमन्त्रीले चासो देखाएका छन्।भेटमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालगायत नेताहरू सहभागी थिए। प्रधानमन्त्री ओलीले विधेयकका केही प्रावधानबारे पुनः विचार गर्नुपर्ने संकेत गरेका छन्।

प्रतिनिधि सभामा १ असारमा पेस भइसकेको विधेयक समितिबाट सर्वसम्मत रूपमा पास भएको भए पनि संसदमा अगाडि नबढेको विषय कांग्रेस नेताहरूले उठाएका थिए। त्यसक्रममा प्रधानमन्त्रीले ‘थोरै समय पर्खनु उपयुक्त हुन्छ’ भन्ने धारणा राखेका हुन्। प्रधानमन्त्रीको उक्त आग्रहसँगै प्रतिनिधि सभाको कार्यतालिका पनि परिवर्तन गरिएको छ। विधेयक कहिले अगाडि बढ्ने भन्ने अझै निश्चित भइसकेको छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका