जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • जन्मदिनको केक काटेर केपी ओली कपको सुरुवात

जन्मदिनको केक काटेर केपी ओली कपको सुरुवात

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ७४ वर्ष लागेका छन् । उनी ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ । यसपटक अघिल्ला वर्षजस्तो औपचारिक कार्यक्रम राखिएको छैन । केपी ओली कपको उद्घाटनका लागि एन्फा कम्प्लेक्स पुगेका उनले त्यहीँ शुभकामना साटासाट गरेका हुन् । त्यहाँ आयोजक युवा संघ नेपालले ओलीलाई जन्मदिनको शुभकामना दिँदै केटको व्यवस्था गरिदिएको थियो ।

आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका थिए, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्मिएका थिए ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेका संस्थापकमध्ये एक हुन्। उनी २०७१ असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमाले अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै एमालेको नेतृत्व गरिरहेका छन् ।

०७८ मंसिरमा चितवनमा भएको दशौँ महािधवेशनमा फेरि अध्यक्ष भएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा गत असार ३१ गतेदेखि प्रधानमन्त्रीको भूमिकामा छन् ।