जोडिनुहोस
  • होमपेज
  • तीनकुने घटनामा दुर्गा प्रसाईंविरुद्ध हत्यासहित ६ वटा मुद्दामा अभियोग दर्ता

तीनकुने घटनामा दुर्गा प्रसाईंविरुद्ध हत्यासहित ६ वटा मुद्दामा अभियोग दर्ता

तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायीलाई हत्या सम्बन्धी कसुरमा पनि अभियोजन गरिएको छ । प्रसाईंसहित ६५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोजन गरिएको हो ।

दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

तीनकुनेमा भएको प्रदर्शनमा संलग्न ६५ जनालाई प्रतिवादी कायम गरिएको छ । ११ जनालाई फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका