जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • २३ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २३ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २५ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • २६ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • २८ मिनेटutes अगाडि
  • होमपेज
  • नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइन : प्रचण्ड

नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइन : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उठ्न जमर्को गरे पनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन नभएको बताए।

उनले नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरूले नेपाललाई विध्वंस बनाइरहेको बताए। नेपालको अर्थतन्त्र र विकास प्रक्रियालाई केही मुठीभर दलालले आफ्नो कब्जामा लिएको उल्लेख गरे। आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको जिकिर गरे।

प्रचण्डले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरूले नेपाललाई विध्वंस पार्दै छन्। हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ। संघीय निजामती विधेयकमा के भयो छेडखानी ? अदालत, ब्यूरोकेसी, भ्रष्टाचार सर्वत्र छ। यसका विरुद्ध हामी लड्नुपर्छ। अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन छैन।’

उनले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादविरुद्ध सबै एक हुने संकल्प गर्न जरुरी रहेको बताए।