जोडिनुहोस
  • होमपेज
  • डिजिटल साक्षरता, एआई, साइबर सुरक्षा तथा प्रविधि मैत्री शासन विकास सम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न

डिजिटल साक्षरता, एआई, साइबर सुरक्षा तथा प्रविधि मैत्री शासन विकास सम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न

विश्वभरका सरकार र संस्थाहरू डिजिटल रूपान्तरण र ई(गभर्नेन्स प्रणालीतर्फ अघि बढिरहेका बेला, नेपाल सरकारले पनि डिजिटल सुशासन, प्रविधि एकीकरण र सुधारिएको डिजिटल सार्वजनिक सेवा प्रवाहलाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको छ । द्रुत गतिमा विकात भइरहेको डिजिटल युगमा डिजिटल साक्षरता, प्रविधिको जिम्मेवार प्रयोग र संस्थागत तयारीको बढ्दो महत्त्वलाई आत्मसाथ गर्दै, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमको नेतृत्व र समन्वयमा परिषदका कर्मचारीहरू र परिषदका युवा सञ्जालहरूको डिजिटल क्षमता अभिवृद्धि गर्न पहल गर्नेुपर्ने आवश्यकता पहिचान गरेको थियो ।
यसै सन्दर्भमा, राष्ट्रिय जनसङ्ख्या तथा सहभागितामूलक विकास फाउन्डेसन र राष्ट्रिय युवा परिषद्ले फाउन्डेसन फर द फ्युचर को प्राविधिक सहयोग र संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको आर्थिक तथा प्राविधिक सहयोगमा १६–१७ मे २०२६ मा राष्ट्रिय युवा परिषद्, सानोठिमी भक्तपुरमा “राष्ट्रिय युवा परिषद्का कर्मचारीहरूका लागि डिजिटल साक्षरता, एआई र प्रविधिमैत्री शासन विकास” विषयक दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भयो ।
कार्यशालामा राष्ट्रिय युवा परिषद्का कर्मचारीहरू, परियदको युवा सञ्जालका सदस्यहरू र युवा अभियन्तासहित जम्मा ४१ जना सहभागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य सहभागीहरूलाई डिजिटल सुशासन, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स एआई, डिजिटल सञ्चार, अनलाइन सुरक्षा र जिम्मेवार डिजिटल नेतृत्व अभ्यासहरू बारेको बुझाइलाई बलियो बनाउनु थियो ।
सूचना प्रविधि, साइबर सुरक्षा, डिजिटल सुशासन, शिक्षा प्रविधि, सञ्चार, मानव अधिकार र नवप्रवर्तनका क्षेत्रका अनुभवी विज्ञ तथा स्रोत व्यक्तिहरूद्वारा दुई दिने कार्यशालामा जम्मा आठवटा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए ।

कार्यशालामा डिजिटल रूपान्तरण रणनीति र राष्ट्रिय साइबर सुरक्षा पहलका विज्ञ सुभाष ढकालस एसओसी सञ्चालन र एआई(संचालित सुरक्षा प्रणालीमा विशेषज्ञता हासिल गरेका साइबर सुरक्षा सल्लाहकार श्रीज्वल दिष्टीस एआई(संचालित समाधान र युवा नीति वकालतमा अनुभवी प्रविधि तथा नवप्रवर्तन सल्लाहकार प्रसन्न ढुङ्गेलस डिजिटल सिकाइ प्रणाली र साक्षरता कार्यक्रममा केन्द्रित एडटेक विशेषज्ञ पदमराज पन्तस विकासका लागि सूचना प्रविधि र मिडिया साक्षरतामा व्यापक अनुभव भएका सञ्चार विज्ञ सुधांशु दाहालस र डिजिटल अधिकार, अनलाइन सुरक्षा र नागरिक प्रविधिमा कार्यरत कानुनी विज्ञ सन्तोष सिग्देलले सत्रहरू सहजीकरण गर्नुभएको थियो ।
प्रविधि(सहयोगमा आधारित लैङ्गिक हिंसा, डिजिटल हानि र सुरक्षित अनलाइन स्थानहरू सम्बन्धी सत्र संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको टोली ९अभिराम राय र जी सुङ पार्कले सहजीकरण गर्नुभएको थियो । सत्रले अनलाइन उत्पीडन, उजुरी गर्ने संयन्त्र, नेपालमा लैङ्गिक डिजिटल खाडल, सीमान्तकृत समुदायले सामना गर्ने जोखिम र सुरक्षित एवं समावेशी डिजिटल ठाउँहरू सिर्जना गर्न संस्थागत भूमिकामा केन्द्रित थियो । उहाँहरूले संयुक्त रूपमा डिजिटल साक्षरता मार्गचित्र र संस्थागतकरण योजनाू सम्बन्धी अन्तिम सत्र पनि सहजीकरण गर्नुभयो ।
कार्यशालाभरि, सहभागीहरूले सुशासन क्षमताको रूपमा डिजिटल साक्षरता, डिजिटल रूपान्तरणका अवसर र जोखिमहरू, साइबर सुरक्षा र संस्थागत डिजिटल सुरक्षा, सुशासनमा एआईको नैतिक प्रयोग, रणनीतिक डिजिटल सञ्चार, युवा संलग्नता, भ्रामक सूचना व्यवस्थापन र संस्थागत दक्षताका लागि डिजिटल उत्पादकत्व उपकरणहरूका बारेमा सिकेका थिए ।
कार्यशालाको मुख्य आकर्षणहरू मध्ये एक अन्तिम मार्गचित्र विकास अभ्यास थियो, जहाँ सहभागीहरूले राष्ट्रिय युवा परिषद्को दीर्घकालीन डिजिटल प्रणाली र संस्थागत डिजिटल अभ्यासहरूलाई सुदृढ पार्न प्राथमिकताहरू, चुनौतीहरू र कार्ययोग्य रणनीतिहरू पहिचान गर्न समूहमा काम गरेका थिए ।

यस अभ्यासले राष्ट्रिय युवा परिषद्लाई डिजिटल संस्थागतकरण, सुधारिएको सञ्चार प्रणाली, समन्वयात्मक डिजिटल संलग्नता र प्रादेशिक तथा राष्ट्रिय दुवै स्तरमा भविष्यको विस्तारतर्फ स्पष्ट, व्यवहारिक र दिगो कदमका साथ अघि बढ्न सहयोग गर्ने लक्ष्य राखेको थियो । कार्यक्रमभरि सहभागीहरूले छलफल, व्यवहारिक अभ्यास र सामूहिक सिकाइ गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका थिए । धेरै सहभागीहरूले कार्यशालाले सामयिक र बहुमूल्य ज्ञान प्रदान गरेको कुरा व्यक्त गरे र भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, डिजिटल सुशासन र रणनीतिक डिजिटल सञ्चारमा अझ बढी उन्नत र गहन कार्यशालाहरूको माग गरे ।
कार्यक्रम समापनका अवसरमा सहभागीहरूको प्रतिक्रिया, प्रमाणपत्र वितरण र सहभागी तथा आयोजक साझेदारहरूले नेपालभरका युवा संस्थाहरू र समुदायहरूमा डिजिटल साक्षरता, एआई तत्परता, जिम्मेवार डिजिटल नेतृत्व र सुरक्षित डिजिटल संलग्नता अभ्यासहरूलाई प्रवद्र्धन जारी राख्ने सामूहिक प्रतिबद्धताका साथ सम्पन्न भयो ।