जोडिनुहोस
  • होमपेज
  • साकेला उभौली लक्षित ‘सायाबुङ शिरमा’ सार्वजनिक

साकेला उभौली लक्षित ‘सायाबुङ शिरमा’ सार्वजनिक

काठमाडौं- किरात राईहरुको महान चाड साकेला उभौली लक्षित सायाबुङ शिरमा साकेला गीत सार्वजनिक भएको छ।

सांस्कृतिक महत्व बोकेको उक्त गीतले किरात राई समुदायको परम्परा, संस्कार र साकेला नृत्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

यस गीतमा चर्चित गायक राजेश पायल राई र गायिका इन्द्र कला राईले आवाज दिएका छन् ।

म्युजिक भिडियोमा आशिष राई र दिक्षा राईको अभिनय रहेको छ ।

साकेला नृत्य, पारम्परिक भेषभूषा र सामूहिक सांस्कृतिक अभ्यासलाई आकर्षक ढंगले भिडियोमा प्रस्तुत गरिएको छ।

भिडियोको निर्देशन सुजन राईले गरेका हुन्। क्यामेरा तथा सम्पादन पवन सुस्लिङले सम्हालेका छन्। भिडियोमा प्रयोग गरिएका दृश्यहरू, लोकेशन र छायांकनले किरात संस्कृतिको मौलिकता र प्राकृतिक सौन्दर्यलाई उजागर गरेको छ।

“सायाबुङ शिरमा” गीत जेरो मल्टी पिक्चर्स यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

साकेला उभौली चाडको अवसरमा ल्याइएको यस गीतले विशेषगरी किरात समुदायमा उत्साह थप्ने विश्वास लिइएको छ भने नेपाली सांगीतिक क्षेत्रमा पनि सांस्कृतिक गीतप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

किरात राई समुदायले उभौली चार्ड प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै र सामूहिक रूपमा साकेला नृत्य गरी मनाउने परम्परा रहेको छ। यसै सन्दर्भलाई केन्द्रमा राखेर तयार पारिएको “सायाबुङ शिरमा” गीतले साकेलाको महत्वलाई अझ व्यापक रूपमा फैलाउने अपेक्षा गरिएको छ।