समाचार

  • छपाइ बिग्रेका नोट बजारमा

    छपाइ बिग्रेका नोट बजारमा

    काठमाडौँ – छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन […]

    मङ्लबार, मंसिर ४, २०७५
  • संकटमा फेवाताल

    संकटमा फेवाताल

    पोखरा – फेवातालको मुल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ । माकुराको कारण जालोझैँ ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ । तालको सिरान क्षेत्रमा मोटरबाटो विस्तार हुँदै जाँदा त्यहाँबाट बगेको माटो फेवाताल पुरिने क्रम झनै तीव्र पारेको छ । तालको सिरान क्षेत्रका बस्ीतमा मोटर पुर्याउने उदेश्यले बाटो […]

    मङ्लबार, मंसिर ४, २०७५
  • बाह्र वर्षीया गर्भवती गंगामाया अस्पतालमा

    बाह्र वर्षीया गर्भवती गंगामाया अस्पतालमा

    हेटौँडा – गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    मङ्लबार, मंसिर ४, २०७५
  • विश्वविद्यालयलाई एक अर्ब ८० करोड चन्दा !

    विश्वविद्यालयलाई एक अर्ब ८० करोड चन्दा !

    एजेन्सी – संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा पुर्वप्रमुख मेयर माईकल ब्लुमबर्गले आफुले पढेको जोन्स अप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । विश्वविद्यालयमा अध्ययन गर्ने न्युन र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गाउन आफुले दान गरेको ब्लुमबर्गले बताएका छन् । बाल्टिमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त […]

    मङ्लबार, मंसिर ४, २०७५
  • दाहोरो कर नउठाउने निर्णय चाँडै आउने

    दाहोरो कर नउठाउने निर्णय चाँडै आउने

    काठमाडौँ – सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ । संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो । सातौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तक्र्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानकारी […]

    मङ्लबार, मंसिर ४, २०७५
  • खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

    खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

    काठमाडौं – पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्तरगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुँदा पुर्वराजा ज्ञानेन्द्र समेत गाणेश […]

    मङ्लबार, मंसिर ४, २०७५
  • फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण

    फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण

    काठमाडौँ । राजधानीमा जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको छ । काठमाण्डौ महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादी लगायतका जैविक फोहोरमा माइक्रो बायो पोजेटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो । इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । […]

    सोमवार, मंसिर ३, २०७५
  • छोरा प्रकाशलाई सम्झदै भक्कानिए प्रचण्ड

    छोरा प्रकाशलाई सम्झदै भक्कानिए प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं भक्कानिनु भएको हो । उहाँले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो […]

    सोमवार, मंसिर ३, २०७५
  • पाँचथरबाट शुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

    पाँचथरबाट शुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

    खबिन लुइटेल । पाँचथर । पाँचथरकी १ सय १ बर्षिय भगवती देवी भण्डारीलाई नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र प्रदान गरेर सरकारले औपचारिक रुपमा राष्ट्रिय परिचय पत्र वितरण प्रारम्भ गरेको छ । पाँचथरको सदरमुका फिदिममा आयोजित एक विशेष समारोहका विच गृहमन्त्री रामबहादुर थापाले फिदिम नगरपालिकाकी भगवती भण्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरे र उनले जेष्ठ नागरीक […]

    सोमवार, मंसिर ३, २०७५
  • आज हरिबोधिनी एकादशी, तुलसीको विवाह

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह

    काठमाडौं । आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका […]

    सोमवार, मंसिर ३, २०७५