जोडिनुहोस
  • होमपेज
  • संविधानसभा सदस्य बस्नेतको निधन

संविधानसभा सदस्य बस्नेतको निधन

काठमाडौं : संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ।

नेपाली कांग्रेस नेता समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान काठमाडौंको सिफलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सोलुखुम्बु निवासी बस्नेत २००७ सालको जन–क्रान्ति देखिनै नेपाली कांग्रेसमा सक्रिय रहेर राजनीति गरेका थिए। उनी नेपाली कांग्रेसको पूर्वकेन्द्रीय तथा पुर्वसांसद पनि हुन्।

उनी २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्रको कार्यकारी अध्यक्ष रहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्