जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५२ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५४ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५८ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • पुश चौपायामा छालाको रोग लम्पी स्किन डिजिज देखिन थालेपछि किसानहरु चिन्तित

पुश चौपायामा छालाको रोग लम्पी स्किन डिजिज देखिन थालेपछि किसानहरु चिन्तित

संखुवासभा :  जिल्लाका पुश चौपायामा छालाको रोग (लम्पी स्किन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायामा छालासमबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए।

छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाया मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र  प्रमुख पोखरेलले जानकारी दिए।

खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि स्थानीयका घर–घरमै पुगेर पशुहरुको उपचार गरिएको भेटेरिनरी अस्पताल प्रमुख पोखरेलले बताए। अभियानकै रूपमा कृषकहरुको घर–घरमा पुगेर उपचार गरिएको छ, अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरुलाई अनुरोध गरिएको प्रमुख पोखरेलले बताए।

यसबारे जिल्लाभर नै सचेतना फैलाउन सबै पालिकाहरुलाई पनि खबर गरिएको उनले बताए। उनका अनुसार, खाँदबारी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ।

उनका अनुसार यो रोगबाट पशुहरुको खुट्टा,  च्यापु, माला, अण्डकोष, फाँचो सुनिने, शरीरभरि फोका आउने, दाना, घाँसपानी नखाने, नउग्राउने, ज्वरो आउने, दुहुना पशुको दूध सुक्ने, ब्याउने पशु भए तुहिने, कमजोर हुने लगायतका लक्षणहरु देखिने गर्छन्।

खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकाबाट सुरु भएको छालाको रोग (लम्पी स्किन डिजिज) पछिल्लो समय मकालु, सिलिचोङ र भोटखोला गाउँपालिकाबाहेक अन्य सबै पालिकाहरुमा फैलिएको भेटेरिनरी अस्पतालका प्रमुख पोखरेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्