जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • अफगानिस्तानमा गत महिना बाढी र भूकम्पमा परी २९ जनाको मृत्यु

अफगानिस्तानमा गत महिना बाढी र भूकम्पमा परी २९ जनाको मृत्यु

काबुल— अफगानिस्तानमा गत महिनामा आएको बाढी र भूकम्प परि ३१ प्रान्तमा कम्तीमा २९ जनाको मृत्यु भएको छ, खामा प्रेसले तालिवान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीलाई उद्धृत गर्दै समाचार लेखेको छ।

प्राकृतिक प्रकोप व्यवस्थापनका लागि तालिवानद्वारा सञ्चालित राज्य मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीका अनुसार देशका ३१ प्रान्तमा २९ जनाको मृत्यु भएको छ। अर्कोतर्फ, पछिल्लो महिना (मार्च २१– अप्रिल २०)मा हालैको भूकम्प र अचानक बाढीले १०५ भन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।

यसैबीच, प्राकृतिक प्रकोपका कारण आठ सय ४८ गाईवस्तु, १ सय ५५ आवासीय घर, १ हजार २ सय ४२ घर आंशिक क्षति र ७ हजार १०६ एकड खेतीयोग्य जमिनमा भौतिक तथा आर्थिक दुवै क्षति भएको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानका नौ प्रान्तहरू पहिले भारी वर्षा, हिउँ र पानीबाट गम्भीर रूपमा प्रभावित भएका थिए जसमा बाल्ख, जाबुल, फर्याब, उरुजगान, निमरोज, नान्गाहार, कुनार, नुरिस्तान र लघमान समावेश छन्।

भारी वर्षाका कारण ७५६ भन्दा बढी घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन् । खामा प्रेसका अनुसार अफगानिस्तान विभिन्न प्राकृतिक प्रकोपहरू जस्तै पहिरो, भूकम्प, हिमपहिरो र बलियो बाढीहरूका लागि सबैभन्दा बढी संवेदनशील राष्ट्र हो।

अगस्ट २०२१ मा तालिबानले कब्जा गरेपछि देश गम्भीर मानवीय संकटमा फसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्