जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • ५० हजार घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव पक्राउ

५० हजार घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव पक्राउ

धनुषा— जनकपुरधाम उपमहानगरपालिका—११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीहरूलाई बुधबार जनकपुरधाम—६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको उनले बताए।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो।

उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्