जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी

रसुवा । गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ । यही भदौ १४ गते जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा बढी भक्तजन नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन् ।

तीर्थाटनका लागि फाट्टफुट्टरूपमा भक्तजन आउने क्रम सुरू भइसकेको र धार्मिकमार्गअन्तर्गत खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ ।

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले धार्मिकमार्गअन्तर्गत खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु, पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताए ।

देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन् । गोसाइँकुण्डको तीर्थका लागि एक रात धुञ्चे अर्को दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ । उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जङ्गलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्