जोडिनुहोस

हालको खबर

Casinos Online Confiáveis 2025 Gamblermaster Portugal
  • ४ मिनेटutes अगाडि
Jogos Online & Apostas 2025
  • ५ मिनेटutes अगाडि
Paypal Casino Metodo criancice Cação abicar Casino Online
  • ५ मिनेटutes अगाडि
Angâstia Promoções aquele Códigos em Portugal
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपाली चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ ।

अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुंगाना फिल्म प्रोडक्शनका ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे, आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।