जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ३ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ४ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ९ मिनेटutes अगाडि
  • होमपेज
  • नेकपा एसमा विचारमा कुनै मतभेद छैनः माधवकुमार नेपाल

नेकपा एसमा विचारमा कुनै मतभेद छैनः माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् ।पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन ।’

पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगाठनिकलगायत दस्तावेज तयार पार्नुले पनि विचारमा मतभेद नरहेको पुष्टि भएको उनले तर्क गरे ।

पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने उनको भनाइ छ । त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष नेपालले आह्वान गरे ।

‘हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौँ,’ उनले भने, ‘त्यतिखेरै हामीले घोषणापत्र जारी गर्दाखेरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौँ । पार्टीमा विभिन्न पक्षहरूबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौँ ।’

आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै अध्यक्ष नेपालले आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने बताए । पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिक दस्तावेजहरूको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको उनको भनाइ छ ।

मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउन आफूहरूले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको उनको भनाइ छ ।