जोडिनुहोस
  • होमपेज
  • स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा

जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ । बेलायतमा बस्दै आएकी गुरुङले गत ३० वैशाखमा बेलायतबाट हस्तलिखित राजीनामा ईमेलमार्फत लुम्बिनी प्रदेश संसद्को सचिवालयमा पठाएकी थिइन् ।

प्रदेशसभा सचिवालयको ईमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै सचिवालयले अस्वीकृत गरेको हो ।प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले गुरुङलाई आफैं उपस्थित भई सनाखत गराउन निर्देशन दिएका छन् । यससँगै सांसद गुरुङको राजीनामा तत्काललाई अस्वीकृत भएको हो । अब उनको सांसद पद खाली हुन उनी नै लुम्बिनी आउनुपर्ने भएको छ। डा। सीके राउत नेतृत्वको जनमत पार्टीले पनि गुरुङको राजीनामा स्वीकृत गराउन भनिरहेको छ । सभामुखले गीता आफैँ आएमात्रै राजीनामा स्वीकृत गर्ने नत्र उनलाई पार्टीले कारबाही गरेको निर्णय पेश गर्न भनेका छन् । प्रदेशसभा सचिवालयमा गीताले पठाएको राजीनामा पत्र आधिकारिक ईमेलमार्फत प्राप्त नभएको, उनको हस्ताक्षरसमेत नमिलेको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका