जोडिनुहोस

हालको खबर

La roulette : un voyage fascinant au cœur des casinos
  • १ घन्टा अगाडि
Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • २ घन्टा अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • ३ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ३ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ३ घन्टा अगाडि
  • होमपेज
  • पोखरा विमानस्थलको ‘एक्स-रे’: लेखा समितिमा प्रतिवेदन, अब के होला?

पोखरा विमानस्थलको ‘एक्स-रे’: लेखा समितिमा प्रतिवेदन, अब के होला?

काठमाडौँ। संसद्को सार्वजनिक लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा गठित उपसमितिले आफ्नो अध्ययन प्रतिवेदन पेस गरेको छ।

समितिले सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा गठन गरेको उपसमितिले विमानस्थल निर्माणका समग्र पक्षको अध्ययन गरेको थियो। उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए। समितिका अनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय लिइनेछ।

विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिले २०८१ जेठ २७ गते अध्ययन तथा अनुगमन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार संयोजक लिङ्देनको नेतृत्वमा उपसमितिले २०८१ असार २३ देखि २५ गतेसम्म विमानस्थलको स्थलगत अध्ययन गरेको थियो।

अध्ययनका क्रममा उपसमितिले विमानस्थल निर्माणमा संलग्न सरोकारवाला निकाय, स्थानीय बासिन्दा र विज्ञहरूसँग छलफल गरेको थियो। प्रतिवेदनमा विमानस्थलको भौतिक संरचना, उपकरण, धावनमार्ग, विमानस्थल वरपरको क्षेत्र र कटान गरिएको छिनेडाँडाको स्थलगत अनुगमनबारे उल्लेख छ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो विमानस्थल सन् २०२२ डिसेम्बर २९ मा सम्पन्न भई २०२३ जनवरी १ (२०७९ पुस १७ गते) देखि सञ्चालनमा आएको हो। हालसम्म केही अन्तर्राष्ट्रिय चार्टर उडानबाहेक यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अहिले यहाँबाट नियमित रूपमा आन्तरिक उडान मात्र भइरहेका छन्। समितिले उपसमितिको प्रतिवेदनको विस्तृत अध्ययनपछि उपयुक्त निर्णय लिने जनाएको छ।