
कान्तिलोकपथ सडकखण्डमा पर्ने बगुवास्थित निर्माणाधीन पुल क्षेत्रमा साना सवारी साधनका लागि एकतर्फी आवागमन सुचारु गरिएको छ।
प्रहरीले जानकारी दिएअनुसार बिहान ७:४५ बजेदेखि कार, जिप, स्कारपियो तथा मोटरसाइकल जस्ता साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न अनुमति दिइएको हो। पुल निर्माणको काम जारी रहेकाले सावधानी स्वरूप सवारी सञ्चालन एकतर्फी गरिएको प्रहरीले जनाएको छ।
यता, ठूला सवारी साधनहरू (जस्तै ट्रक, बस आदि) का लागि भने डाइभर्सन निर्माण नभएसम्मका लागि सो क्षेत्र हुँदै सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।