जोडिनुहोस
  • होमपेज
  • बायर्न म्युनिख क्लब विश्वकपको अघिल्लो चरणमा ; बेनफिकाले अकल्याण्डलाई ६ गोलले हरायो

बायर्न म्युनिख क्लब विश्वकपको अघिल्लो चरणमा ; बेनफिकाले अकल्याण्डलाई ६ गोलले हरायो

बायर्न म्युनिख फिफा क्लब विश्वकपको अघिल्लो चरणमा प्रवेश गरेको छ । समूह चरणको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सलाई २–१ ले पराजित गर्दै बायर्न नकआउट चरणमा पुगेको हो ।

बायर्नका लागि ह्यारी केन र माइकल ओलिसेले गोल गरे । बोका जुनियर्सका मिगुएल मेरेन्टिएलले एक गोल फर्काए । समूह ‘सी’ मा बायर्न २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

यो समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ६ गोलको फराकिलो अन्तरले हराएको छ । योसँगै बेनफिकाको २ खेलमा ४ अङ्क छ ।

बोका जुनियर्स १ अङ्कसहित तेस्रो तथा समान २ खेलमा खाता खोल्न नसकेको अकल्याण्ड पुछारमा छ ।

फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘डी’ हिजोको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका