जोडिनुहोस
  • होमपेज
  • अविरल वर्षाको कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

अविरल वर्षाको कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

नुवाकोट। नुवाकोटको ककनी गाउँपालिका–१ स्थित बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षापछि खोलामा पानीको बहाव बढेपछि ३२ वर्षीया कमला बलामी बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

घटनापछि खोजी कार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। त्यस्तै, सोही स्थानमा तीनवटा गोठ बगाउँदा अशोक बलामी घाइते भएका छन्। उनलाई उद्धार गरी काठमाडौँ पठाइएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीले पशुचौपाया र अन्य सामग्री पनि बगाएको छ।

यसैबीच, डोल्पाको काईके गाउँपालिका–४ रिवामा पहिरो जाँदा १५ घर पूर्ण रूपमा क्षति भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट उद्धार टोली खटिएको छ। पहिरोमा परी घाइते भएका तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका