जोडिनुहोस
  • होमपेज
  • डोल्पाको रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति, प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली खटियो

डोल्पाको रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति, प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली खटियो

डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति पुर्‍याएको छ । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो ।

बस्तीमा ५० देखि ५३ वटा घर रहेका र एउटा विद्यालयसहित चार वटा घर तथा भवनमा पूर्णरूपमा र अरू आठ वटा घरमा सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रुकबहादुर खड्काका अनुसार मानवीय तथा पशुचौपायामा क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्र रिवा गाउँमा खटिएको छ । उद्धार टोलीले स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र पुनर्स्थापनामा आवश्यक सहयोग गरिरहेको छ । रिवा गाउँ जिल्ला सदरमुकाम दुनै बजारबाट झन्डै ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका