जोडिनुहोस
  • होमपेज
  • ‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’: गोकुल बास्कोटा

‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’: गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर व्यंग्य गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणबारे टिप्पणी गर्दै बास्कोटाले देशको अवस्थालाई लिएर कटाक्ष गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘समृद्धि आएको’ भन्दै व्यंग्यात्मक अभिव्यक्ति दिएका छन् ।

बास्कोटाले लेखेका छन्, “संवृद्धि आएछ । सुशासन त्यहीबाट आरम्भ भई हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे, त्यो दूर भएछ, झिक्कै झिक्कै माया तम्लाई ।”

त्यसैगरी उनले मन्त्रीहरूको सम्पत्ति विवरणतर्फ संकेत गर्दै खेतबारीमा तोरी फुलेको जस्तो अवस्था देखिएको टिप्पणी गरेका छन् ।

उनको अभिव्यक्तिले सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण र त्यसको व्याख्याबारे सामाजिक सञ्जालमा थप चर्चा सिर्जना गरेको छ ।