जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु

रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु

काठमाडौँ । घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ ।ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित एक घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन् । थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्