जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • एमालेलाई पुरानो दल भनेकोमा एमाले सांसदको आपत्ति

एमालेलाई पुरानो दल भनेकोमा एमाले सांसदको आपत्ति

काठमाडौं : नेकपा एमालेको सांसद ईश्वर बहादुर रिजालले आफ्नो दललाई पुरानो दल भनेकोमा आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रिजालले पुरानो दलहरू भनेर भाष्य खडा नगर्न आग्रह गरेका छन्। उनले अन्य दलहरूले गरेका गलत कामलाई मिसाएर आफूहरूलाई पनि अरू भन्ने भाष्य नमिसाउन आग्रह गरे। सांसद रिजालले एमाले मिसन, भिजन र एक्सनमा सँधै नयाँ र तन्नेरी दल रहेको समेत दाबी गरे।

‘सौर्यमण्डलमा धेरै ताराहरू जन्मिने र बिलाउने गर्छन्। तर, सूर्य आयूमा पुरानो होला तर, त्यसको काम पुरानो भएको छैन। त्यसले दिने उज्यालो र तातो दिने काम कम भएको छैन। नयाँ नै छ। इतिहासमा केही कमजोरी गरेको छ भनेर त्यसको एक्लै जवाफ दिन तयार छ,’ उनले भने, ‘तर, इतहारमा गरेका राम्रा काम र जो अरूले गरेको नराम्रो काममा मिसाएर अरू भन्ने भाष्य कडा नगरियोस्। एमाले मिसन, भिजन र एक्सनमा सँधै नयाँ र तन्नेरी दल छ।

तपाइको प्रतिक्रिया दिनुहोस्