जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाः जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाः जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ ।

जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठीक पारिएको छ । मन्दिर परिसरमा फूलले ‘जय श्रीराम’ लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ ।

अयोध्यामा १८ अर्ब रूपैयाँभन्दा बढीमा राम मन्दिर बनेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू पुगेका छन् । प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधामलगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्