जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • ग्राहकको गोपनीयतामा हामी प्रतिबद्ध छौँ : नेपाल टेलिकम

ग्राहकको गोपनीयतामा हामी प्रतिबद्ध छौँ : नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्ने र यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ । सञ्चारमाध्यममा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैँ कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको छ । कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको ब्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्